अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ महेन्द्रनगरमा सुरु
कञ्चनपुर ।। महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ कार्यक्रम शुरु भएको छ ।
शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ प्रतियोगिता शुरु भएको हो ।
शुक्लाफाँटा एकता समाज नेपालका संयोजक धर्म बहादुर शाहीले कुस्ती खेलको संरक्षण र नेपाल भारत मैत्रीत्वलाई खेलकुदका माध्यमले अझै प्रगाढ सम्बन्ध बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा नेपालका २० जना र नेपालका तर्फवाट ५ जना गरी २५ जनाको सहभागिता रहेको छ । जसमा ५ जना महिला कुस्तीवाजको समेत सहभागिता रहेको छ ।