आन्दोलनमा आएर उस्काउने संसदमा जनताको विपक्षमा बोल्ने काम नगरौ : रक्षामन्त्री - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आन्दोलनमा आएर उस्काउने संसदमा जनताको विपक्षमा बोल्ने काम नगरौ : रक्षामन्त्री



तिलक सुबेदी /बुटवल, २३ मसिंर। रक्षामन्त्री बालकृष्ण खांणले आन्दोलनमा आएर उस्काउने र  संसदमा जनताको विपक्षमा बोल्ने काम नहोस भन्ने आफुले चाएको बताए  ।

15355899_1119636324816815_1256415389_n

“आफु कुनैपनि हालतमा  पाच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्न पर्छ भन्नेको पक्षमा नरहेको बताए । नेपालका लागि संघीयता नया बिषय भएको सबैलाइ थाहा भएपनि यस्को कार्यान्वयनका लागि सबैदल लाग्नुपर्ने उल्लेख गरे ।

उनले संघीय लोकतान्त्रीक गणतन्त्रलाइ सफल बनाउनुको कुनै बिकल्प नभएको बताउदै यसलाइ सफल बनाउन सबैदल लाग्न आग्रह गरे । रुपन्देहीको तिलोत्तमा मंगलापुरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव २०७३ को आज उद्घाटन गर्र्दै मन्त्री खांणले पाच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्न नहुने अडानमा आफु कायमै रहेको बताए ।

15423622_1119636488150132_465755379_n

मुलुकको समृद्धिमा टेवा पुग्ने गरी बनाइएको पाँच नम्वर प्रदेशको सीमांकन हेरफेर गर्न नहुने पक्षमा आफु रहेको उनले स्पष्ट पारे । ‘म जनताकै पक्षमा छु,ढिलो चांडो जनताकै पक्षमा निर्णय हुनेछ’ खांणले भने — आन्दोलनमा आएर यता उस्काउने र काठमाडौं पुगेर गोप्य सहमति कसैले नगरोस्’ उनले भने ।

खांणले प्रदेश नम्वर पाचको सीमांकन हेरफेरका सम्वन्धमा अहिले पनि पार्टी सभापति शेरबहादुर देउवा सहितका पर्टीका शिर्ष नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुर्नबिचार गर्न आग्रह गरिरहेको बताए ।

फरक प्रशंगमा उनले महत्वपूर्ण आयोजनाका लागि चाहिने बस्तुहरु ढुंगा,माटो,बालुवा,गिट्टी उत्खननमा सहयोग गर्न सिडियो र एलडियोलाइ आग्रह समेत गरे ।

15415987_1119636431483471_37454666_n-1

सभाषद सोनिया यादबले सबैको छातीमा राष्ट्रियता र देशको माया भएकोले कसैले पनि मधेशको नाममा गलत प्रचार गरेर दुइ समुदायको बिचमा मुठभेड हुने स्थित सृजना नगर्न चेताबनी दिइन् । यदी दुइ समुदायको बिचमा मुठभेड भएमा यस्को जिम्मा कस्ले लिने भनी प्रश्न समेत गरिन् । ‘मधेशी जनताको स्वाभिमान र राष्ट्रियता माथि प्रश्न किन उठाउने ? ’ उनले भनिन् ।

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा राष्ट्रिय विकासका आधार कृषि पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ आजबाट मेला शुरु भएका हो । पुस ४ गते सम्म चल्ने मेलाको पुस ४ गते सम्म चल्ने मेलामा यन्त्रमानव र चिडियाखानाको मूख्य आकर्षक रहने संघका अध्यक्ष तथा मेला संयोजक गुणानिधि भण्डारीले जानकारी दिए ।

पहिलो पटक आयोजना गरिएको सो मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकले बताएका छन्