अस्ट्रेलियामा भिषण आँधी र चट्याङ: कैयौं घाइते, जनजीवन कस्टकर - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

अस्ट्रेलियामा भिषण आँधी र चट्याङ: कैयौं घाइते, जनजीवन कस्टकर



अस्ट्रेलिया- अस्ट्रेलियामा भिषण पानी र हुरी बतासले आतंक मच्चाएको छ। डढेलोले थालिएको अस्ट्रेलियामा फेरी आँधीले तहसनहस बनाएको छ।

दक्षिणी- पूर्वी न्यू साउथ वेल्स र एसिटीमा हुरी बताससहित ठुलो आकारमा असिनापानी परेको छ। असिनापानीले सयौं गाडीका सिसा फुटेका छन् ।

क्यानवेरा र सिड्नीको दक्षिणी क्षेत्रमा यसको प्रभाव परेको छ। चट्याङ लागेर ब्ल्यू माउन्टेनमा दुई जना पर्यटक घाइते भएका छन्। उनीहरुलाई नेपियन अस्पतालमा भर्ना गरिएको छ।

हुरी बतासका कारण क्रोनला र सदरल्याण्डबीच तथा मार्टडले र वाटरफलबीचको रेल आवागमन स्थगित गरिएको छ। चट्याङ र हावाहुरीका कारण किरावीमा करिब सात हजार र मिराण्डामा करिब दुई हजार चार सय घरमा विद्युत आपूर्ति प्रभावित भएको छ।

कतिपय स्थानमा रुख ढल्दा कारभित्रै चालकहरु फसेको बताइएको छ। क्यानवेरामा परेको असिनापानीले कारको सिसा फुटेको तथा चराहरु मरेका छन्।

डढेलोको कारण क्यावेरामा वातावरण प्रभावित भएको अवस्थामा असिनापानीले सो क्षेत्रलाई थप प्रभावित बनाएको छ।

सो क्षेत्रको कतिपय स्थानमा विद्युत तथा ग्यास आपूर्ति हुन सकेको छैन। अस्ट्रेलियाको नेशनल आर्काइभमा क्षति पुगेपछि बन्द गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

११७ किलोमिटर प्रति घण्टाको दरको आएको हुरी बताससँगै पानी परेको थियो। दर्जनौं चट्याङबीच आएको हुरी बतासले न्यू साउथ वेल्समा धुलो उडाएको थियो।