पुस्कल शर्माको 'आमालाई अन्तिम चिठ्ठी' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पुस्कल शर्माको ‘आमालाई अन्तिम चिठ्ठी’ सार्वजनिक (भिडियो सहित)



काठमाडौँ:नेपाली लोक दोहोरी क्षेत्रका लागि चर्चित गायक पुष्कल शर्माले फेरी अर्को मार्मिक गीत ‘आमालाई अन्तिम चिठ्ठी ‘ बजारमा ल्याएका छन्।

दर्शक श्रोतले खुब रुचाएका गायकको रूपमा प्रख्यात पुस्कल यो बेला मेला महोत्सवमै व्यस्त छन् त्यसैले पनि उनी खासै एल्बमहरू बजारमा ल्याउन सकिरहेका छैनन्।फाट्टफुट्ट बजारमा आएका गीतहरूले भने तहल्कानै पिट्ने गर्छ ।यही बिच फेरी अर्को तहल्का पिट्ने गीत बजारमा आएको हो ।

शर्माले आफै अभिनय गरेका छन् भने  अभिनयमा साथ सारिका केसी र साथीहरूले दिएका छन्।पुष्कल शर्मालेनै लय शब्द र निर्देशन गर्ने उक्त गीत शर्माकै  युटुब च्यानलबाट बजारमा आएको हो ।