प्रेम आलेले दिए पदबाट राजीनामा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रेम आलेले दिए पदबाट राजीनामा



संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले राजीनामा पत्र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललई बुझाएका छन्।

आलेले पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेर अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

शुक्रबार आलोकनगरमै बसेको समाजवादीको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र पद त्याग्न तयार रहेको बताएका थिए।

त्यही अनुसार आलेले आइतवार बिहान आलोकनगरमा पुगेर मन्त्री पद त्यागेको पत्र नेपाललाई बुझाएका हुन्।