जेलमा रहेका आलमलाई उम्मेदवार बनाउने कांग्रेसको प्रस्ताव - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जेलमा रहेका आलमलाई उम्मेदवार बनाउने कांग्रेसको प्रस्ताव



सर्वसाधारणलाई इट्टा भट्टामा हालेर हत्या गरेको अभियोगमा थुनामा रहेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेसले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ।

आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो।

आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित कारागारमा रहेका छन्।

आलमसँगै कांग्रेस रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिले अञ्जु झाको नाम पनि महिलातर्फ सिफारिस गरेको छ।

आलमको कर्तव्य ज्यानसम्बन्धी मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ।