फेरि पनि थन्क्याईयो आलमको मुद्दा, आज पनि हेर्न नमिल्नेमा - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

फेरि पनि थन्क्याईयो आलमको मुद्दा, आज पनि हेर्न नमिल्नेमा



काठमाडौं- सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।