आलमको धम्की: भारतबाट मान्छे बोलाएर आगो लगाइदिन्छु - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

आलमको धम्की: भारतबाट मान्छे बोलाएर आगो लगाइदिन्छु



बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन्।

पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ?

प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुर? माननीयज्यूलाई हामी सम्मान गर्छौं। जयनेपाल, नमस्कार भनेका छौँ।

आलम : (गाडीमा हात बजार्दै) हँ… यो जिल्लामा आग (आगो) लाग्छ, आग।

प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।

आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस….(उनी आफ्नो मोवाइल फोन हेर्छन्)

प्रहरी : त्यसो भन्न मिल्दैन हजुर।

आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले।

प्रहरी : हैन माननीयज्यू।

आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ।