अदालतले आलमसँग ३१ प्रश्न सोधेपछि रोकियो बयान - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

अदालतले आलमसँग ३१ प्रश्न सोधेपछि रोकियो बयान



काठमाडौँ- बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमसँग रौतहट जिल्ला अदालतले बयान लिइरहेको छ। मंगलबारबाट सुरु भएको बयान बुधबार पनि सकिएको छैन ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमले बम बनाइरहँदा भएको विस्फोटमा घाइते भएकालाई नजिकैको इटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग छ।

बुधबार अदालतले आलमसँग ३१ प्रश्न सोधेको जनाइएको छ। बाँकी बयान बिहिबार लिने बताइएको छ। त्यसपछि थुनछेक बहस सुरु हुने छ।

घटनाको १२ वर्षपछि आलमलाई केही साता अघि रौतहट प्रहरीले उनलाई पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको छ। हालसम्म आलम मात्र पक्राउ परेका छन् भने अन्य फरार छन्।