आँखा छोपेर रुदै बिष्ट कि आमाले भनिन,‘बाबु सधैँ तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आँखा छोपेर रुदै बिष्ट कि आमाले भनिन,‘बाबु सधैँ तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ‘



टोपलाल अर्याल/गुल्मी

एमाले सचिव गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको बिहीबार पाँचौ दिन हो । उमेद्वार बनेर जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान सुरु गरेका विष्टले निर्वाचित भएपछि विजयी सभा धुर्कोट गाउँपालिकाबाट सञ्चालन गरेका थिए । यी दुवै अभियानमा उनले धेरैका आर्शिबाद र माया पाए । त्यसैले पनि उनी दोव्वर मतान्तरले विजयी बने । जहिले जुनसुकै कार्यक्रम र अभियानमा निस्किए पनि बृद्धबृद्धाको आर्शिबाद थाप्न सौखिन विष्टको घरमा पनि ८८ वर्षीय बृद्धा आमा छन् ।

उनी जिल्ला आउँदा प्राय आमा नभेटि फर्किदैनन् । छोरासंगै मतदान गरेकी आमालाई छोरो विजयी बनेको हेर्न र सुन्न हतार थियो । उनलाई विजयी भएको खबर त्यही दिन नै परिवारका अन्य सदस्यले सुनाइसकेका थिए । तर पनि आमालाई छोराको रंगिन अनुहार सुमसुम्याउने रहर बाँकी नै थियो । बिहीबार विजयी बनेपछि इस्मा गाउँपालिकाका विभिन्न स्थानमा खुसी साट्न पुगेका विष्ट आमा भेट्न घर पुगे । विजय भएर घर आएको छोरालाई देखेर आमा चिन्ता कुमारी निकै खुसी भइन् ।

गलामा फुलमाला र ओठमा मुस्कान लिएर पुगेका उनले आमालाई भेटे र माला लगाएर ढोगे । छोराले माला लगाएर ढोगेपछि आमाको त्यो खुसी आफ् भित्र अडिएन् ! दुवै हातले आँखा छोपेर रुदै भनिन भनिन,‘बाबु सधैँ तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ।’ त्यो दृश्यले संसद् विष्ट मात्र स्तब्ध भएनन, उनीसंगै घरमा पुगेका एक दर्जन बढीको मन थामिएन् । धेरै कार्यक्रम सम्बोधन गर्ने चटारो लिएर हिडेका उनी केहिबेरमै आमासँग बिदा भएर फर्किए । २१ मङ्सिरमा इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रमा छोरासंगै मतदान गरेकी उनले छोरालाई प्रधान बनेको हेर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् ।

भोट नदिनेहरुलार्ई पछुतो हुने गरी काम गर्छौ

नेकपा एमालेका केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले आफूले मत दिने र नदिने भनेर कुनै दिन कसैलाई पक्षपात नगर्ने बताएका छन् । विजयी सभाका लागि इस्मा पुगेका उनले दोहलीमा सम्बोधन गर्दै अमूल्य मत प्रदान गर्ने तथा बिमती राख्ने सबैलाई धन्यवाद दिए । नेता विष्टले विकासका लागि भोट दिनेहरुको माया र नदिनेहरुको खवरदारी आवश्यक पर्ने भएकाले सबैलाई आफूले सधैँ सम्मान गर्ने बताए । ‘यो गलाको माला खुसी र जिम्मेवारीको हो,’ म दुवै ग्रहण गरिरहेको छु,‘उनले भने,‘भोलीको विकासले नै भोट नदिनेहरुलाई पछुतो हुनेछ ।’ उनले पुसको पहिलो वा दोस्रो साता वामपन्थी सरकार गठन र पार्टी एकता हुने भएकाले अब कसैको तागतले कम्युनिष्टहरुलाई नझुकाउने बताए ।

अझै पनि केही शक्ति र पार्टीहरू एकता हुन नदिने खेलमा लागिरहेकाले थप योजना र गृहकार्यका साथ निशकर्षमा पुग्ने विश्वास व्यक्त गरे । आफुहरुसंग संविधान र स्थिर सरकार हुने भएकाले प्रत्येक नागरिकले प्रत्यक्ष अनुभूत हुनेगरी विकास गरिनेमा जोड दिए । विष्टले अरू काम पनि सँगसँगै अगाडी बढ्ने भए पनि स्थानीय तहसंगै आफूहरूले जिल्लामा खानेपानी, विद्युत् र सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले जनताले विकास र समृद्धिको पक्षमा भएकाले परिणाममुखि काम गर्नुको विकल्प नरहेको स्पष्ट पारे । त्यस्तै प्रदेश सभा सदस्य खड्ग केसीले चुनावमा गरिएका बाचा सबै पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । खानेपानीको समस्या, सडक, बिजुली, शिक्षा र स्वास्थ्य लगाइका विषयमा केही त्यस्ता समस्या बाँकी भएकाले आगामी दिनमा सबै काम गरेर देखाउने केसी भनाई छ । उनले आफू र आफ्नो पार्टीलाई विजयी बनाउन मत प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । प्रतिनिधि सभा सदस्य विष्ट र प्रदेश सभा सदस्य खडग केसीले बिहीबार इस्मा गाउँपालिकाका सबै वडाहरुमा विजयी सभा तथा भेटघाट सम्पन्न गरेका छन् ।

कुमाल समुदायसँग भेटघाट

जिल्लाका इस्मा गाउँपालिका ६ अम्मरपुरका कुमाल समुदायसँग नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा संसद् गोकर्ण विष्टले भेटघाट गरेका छन् । विजयी भएपछि कुमाल गाउँ पुगेका उनले उनीहरूका समस्याका बारेमा साक्षात्कार गरेका थिए । सोही क्रममा बिस्टलाई स्वागत गर्दै स्थानीय कुमाल समुदायले आफुहरुलाई सीपयुक्त जिविकोपार्जनको बाटो चाहिएको बताएका थिए । साथै उनीहरूले माटोका भाडा बनाउने आधुनिक प्रविधि सेरामिक्सको विकास र सामग्रीहरुको बजारीकरणमा समस्या भएको गुनासो राखेका थिए । सोही क्रममा नेता विष्टले नेपालकै महत्त्वपूर्ण रङ्गशाला तथा तम्घास–सिमलटारी–प्युठान सडकसंगै कुमाल समुदाय जोडिएकाले भोलीको सम्भावना र भविष्य राम्रो भएको बताए । ‘पहिलेदेखि यो समुदायको बारेमा सोचिरहेका छौ, उनले भने,‘प्रत्येक व्यक्ति लाभाम्बित हुनेगरी योजना आउँछ ।’