कञ्चनपुरको पुनर्वासमा निशुल्क आँखा शिविर सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कञ्चनपुरको पुनर्वासमा निशुल्क आँखा शिविर सम्पन्न



हरिलाल जोशी / पुनर्वास,कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वास नगरपालिका- ३,आई.बी.आर.डी.स्थित जनकल्याण माध्यामिक बिद्यालयको प्राङ्गणमा शनिबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा पुनर्वास र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको संयुक्त आयोजनामा भएको आँखा शिविरमा कुल ६ सय ४३ जनाले सेवा लिएका मध्ये ३ सय ७६ जना महिला र पुरुष २ सय ६७ जना रहेका थिए ।

सो शिविरमा कैलाली, कञ्चनपुरको विभिन्न क्षेत्र र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशबाट पनि सेवाग्राहीहरु आएका थिए । शिविरमा निशुल्क औषधी , सहुलियत मूल्यमा चश्मा उपलब्ध गराएको थियो भने १ सय ७८ जनाको मोति बिन्दुको समस्या देखिएकोले उक्त बिरामीहरुलाई निशुल्क अप्रेशन गेटा आँखा अस्पतालमा गराईने स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा पुनर्वासका प्रबन्धक हेमराज अवस्थीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट “घ”वर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्थाको केन्द्रिय कार्यालय सुनसरी,ईटहरी रहेको र देशभरी हालसम्म ७३ वटा शाखाबाट सेवा दिदै आईरहेको पनि पुनर्वास शाखाका प्रबन्धक अवस्थीले बताए ।