आकस्मिक पत्रकार सम्मेलन गर्दै रावल, एमाले छोड्ने चर्चा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

आकस्मिक पत्रकार सम्मेलन गर्दै रावल, एमाले छोड्ने चर्चा



नेकपा एमालेका नेता भीम रावलले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

अछामबाट उनलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उनलाई टिकट दिएन । उनलाई टिकट नदिएपछि अछाममा एमाले नेता कार्यकर्ताहरूले राजीनामा दिएका छन् ।

तर, रावल स्वयमले भने यो विषयमा उपयुक्त समयमा बोल्ने बताउँदै आएका थिए । उनले भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरी यो विषयमा आफ्नो धारणा राख्ने भएका हुन् ।

आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका रवलले एमाले छोड्ने चर्चा सुरू भएको छ ।