गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक



काठमाडौं– केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बोलाएको सुरक्षा समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने भएको हो ।

गृहमन्त्री अध्यक्ष रहेको देशको आन्तरिक सुरक्षाबारे छलफल हुने बताइएको छ।

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।