आकाशमा देखिएको यो अनौठो दृश्य के हो ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आकाशमा देखिएको यो अनौठो दृश्य के हो ?



एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष विभाग, नासाले हालै सार्वजानिक गरेको एउटा अनौठो तस्बिर पहिलोपटक कुनै ट्राफिकमा फसेका सवारीहरु जस्तो देखिन्छ । तर वास्तवमा त्यो रातिको समयमा लिइएको सम्पूर्ण आकाशको एक्स-रे तस्बिर हो । यसरी ‘इन्टरनेस्नल स्पेस स्टेसन’ बाट ब्रह्माण्डका विभिन्न श्रोतहरु निरीक्षण गर्ने ‘न्युट्रोन स्टार इन्टेरियर कम्पोजिसन एक्सप्लोरर’, नाइसरले सो तस्बिर लिएको हो ।

नाइसर प्रत्येक ९३ मिनेटमा पृथ्वी वरपर घुम्ने गर्दछ र रातिको समयमा श्रोतहरु ट्रयाक गर्ने गरेको छ । यसरी उक्त तस्बिर नाइसरको २२ महिनाको उपलब्धि हो । महिनौँसम्म रातिको समयमा गरिएको निगरानी र डाटा संकलनपछि नै सो तस्बिर प्राप्त गर्न सफल भएको नासाको भनाइ छ ।

तस्बिरमा देखिएका आर्क (आधा गोलाइ) ले एक्स-रे लाई पछ्याउँदै ऊर्जायुक्त पार्टिकलसँग टक्रयाएको छ । यसरी सबैभन्दा बढी यात्रा गरिएको मार्ग अधिक चम्किलो देखिन्छ र सो पथमा नै स्पष्ट आर्क बनेको छ ।

नाइसरको अर्को उद्देश्य भनेको ‘न्युट्रोन स्टार’ हरुको आकार सुनिश्चित गर्नु हो । त्यस्तै यसले पल्सर एक्स-रे को अध्ययन गरी तिनको गति र पोजिसन पनि पत्ता लगाउन सक्छ र ठूलो जिपिएस प्रणाली जसरी काम गर्ने गरेको नासाको भनाई छ । त्यसैले यो अनुसन्धानपछि उक्त प्रविधि भविष्यमा अन्तरिक्ष यात्रामा गएका वैज्ञानिकहरु र यानलाई निर्धारित दिशा प्रदान गर्न मद्दत गर्न सक्ने बताइएको छ ।

२०१७ मा मात्र पहिलोपटक दुईवटा न्युट्रोन स्टार एकआपसमा टक्राइरहेको बारे जानकारी हासिल गरिएको थियो । न्युट्रोन स्टार ब्रह्माण्डका सबैभन्दा साना तारा हुन् जसको डाएमिटर सिकागो शहरको क्षेत्रफल समान हुन्छ तर तिनीहरु भित्र हाम्रो सूर्य भन्दा धेरै तत्व हुने गर्दछन् । यस्तोमा हामीले सूर्यलाई एउटा शहर जत्रो आकारमा संकुचित गरिँदाको कल्पना गर्न सक्छौँ । -सिएनएन