पाँच वटा भाषामा गाउन सक्छु - आकाँक्षा बस्याल - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पाँच वटा भाषामा गाउन सक्छु – आकाँक्षा बस्याल



नेपाली आधुनिक तथा पप संगीत क्षेत्रमा चर्चित नाम हो आकांक्षा बस्याल । सानो उमेर मै आफ्नो आवाजबाट सफलता प्राप्त गरेकी बस्याल युवा पुस्ताकी चर्चित आधुनिक तथा पप गायिका हुन् । पाल्पामा घर भएकी बस्याल ,बुटवलमा रहेर अध्ययनसँगै सांगितिक क्षेत्रमा अघि बढ्दै आएकी हुन् । हाल उनी काठमाण्डौंमा रहेकी छन् । हालसम्म सयभन्दा बढी गीतमा आवाज दिएकी बस्यालको आवाजसँगै प्रस्तुती पनि राम्रो रहेको छ । उनी नेपालका अधिकांश जिल्लामा हुने सांगितिक कार्यक्रममा प्रस्तुती दिई सकेकी छन् भने हालै अष्ट्रेलियामा पनि सांगितिक भ्रमण गरीसकेकी छन् । आधुनिक र पप गीतका साथै चलचित्रका लागि समेत आवाज दिएकी बस्यालले अभिनय समेत गर्दछिन् । बुटवलमा बसेर नै उनले गीत सगित प्रती धेरै कुरा सिक्न पाएको कुरा समेत जानकारी गराएकी छिन। हिमाल पोस्टका लागि राजीव भुसालले आकाँक्षा बस्याल सग गरेको कुराकानी:

 

तपाईंका निम्ति संगीत के हो ?
–संगीत मेरो लागि जिन्दगी नै हो । सायद संगीत बिना म कल्पना पनि गर्दिन । मैले फेर्ने प्रत्येक सासमा संगीत छ । म संगीतकै लागि बनेको छु ।

कस्ता गीत सुन्न रुचाउँनुहुन्छ ?
–लोक पप बढी मन पर्छ । तर म समय अनुसार गीत सुन्छु । चलचित्रका गीत पनि मन पर्छ । त्यही हो स्थिती र परिस्थिति अनुसार गीत सुन्ने गर्छु । गित सुन्ने मात्र होइन गीत भित्रका शब्द शब्द केलाउने गर्छु ।

खुशीका गीत सुन्न मजा हुन्छ कि पीडाका ?
– अब आफ्नो मुड कस्तो अवस्थामा छ । त्यसमा भर पर्ने कुरा हो । दुःख र पिडा नभएको को नै छ र यहाँ त्यस्तै दुःख पीडामा दुखेको मन हल्का होस् भनेर सुन्ने गरिन्छ ।

तपाईंलाई मनपर्ने गायक ,गायिका, संगीतकार र गीतकार ?
–सबै जना राम्रो लाग्छ । सबै जना आफ्नो ठाँउमा बेस्ट हुनुहुन्छ । त्यही पनि मलाई मन पर्ने नारायण गोपाल, सुगम पोख्रेल, गायिकामा तारा थापा र अरुणिमा लामा,संगीतकार सबै राम्रो लाग्छ । नाम लिँदा धेरै हुन्छ र गीतकारमा चाहिँ दिनेश अधिकारी मन पर्नु हुन्छ ।

आफ्नै स्वर तपाईँलाई कस्तो लाग्छ ?
– गीत, संगीत मै लागेकी छु । पक्कै नराम्रो लाग्ने भए त लाग्ने नै थिएन होला । राम्रै लाग्छ । त्यही भएर नै होला सबै जनाले मन पराइदिनु भएको छ ,माया गरिदिनु भएको छ।

कतिवटा भाषामा गीत गाउनुभएको छ ?
– पाँच वटा भाषामा गाउन सक्छु नेपाली, इङलिस, हिन्दी, थारु र भोजपुरी गरि पाँच भाषामा गाएकी छु । अन्य भाषाको लागि प्रयास गर्दै छु ।

आकाँक्षा बस्याललाई विशेषगरी कुन कुराले र कुन गीतले चिनायो?
– म गीत गाउने मान्छे अवस्य पनि गीत ले नै चिनायो । तिमी छौं र माया छ… भन्ने गीतले गर्दा अझ बढी सहयोग गर्यो । कुनै –कुनै गीतमा आफै पनि अभिनय गरेँ । समग्रमा संगितले नै चिनायो ।

बुटवल कि काठमाडौ ?

– रोज्नु पर्दा त आफू जहाँ जन्मियो त्यही रोज्नु पर्ने हुन्छ ,म पाल्पा रोज्छु । बुटवल र काठमाडौंमा मेरो लागि बुटवल लै ठिक बुटवल मलाई मन पर्छ । रमाइलो लाग्छ बुटवल बस्न पाउँदा काठमाडौ चाँही कर्म थलो भयो।