आजपनि संसदमा असफल भयो एमाले - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आजपनि संसदमा असफल भयो एमाले



काठमाडौँ- प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमाले आजपनि संसदमा असफल भएको छ । लगातार संसद अवरुद्ध गरिरहेको एमालेले विरोध गरिरहेपनि सरकारले आफ्ना काम भने रोकेको छैन ।

आज पनि अवरोध गरेको एमालेले अध्यादेश रोक्न असफल भएको छ । विरोधका बीच चार अध्यादेश स्वीकृत भएका छन् । गृहमन्त्रीका तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश, २०७८’, ‘समाजिक सुरक्षा(पहिलो संशोधन)अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश,२०७८’ स्वीकृत भएको हो ।

बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्वीकृत भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए ।