आज सुदूरपश्चिमको विभिन्न ठाउँमा ठूलीरात पर्व मनाईंदै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आज सुदूरपश्चिमको विभिन्न ठाउँमा ठूलीरात पर्व मनाईंदै



कैलाली ।।  आज सुदुरपश्चिमको विभिन्न ठाउँमा ठूलीरात पर्व धुमधामसँग मनाईंदै छ । यहाँको समुुदायमा एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य मिलि वा गाउलेहरु मिलि  बनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय सँस्कृतिकर्मी दया कृष्ण पन्तले बताउनुभयो ।

रातभरि कथा, कहानी (स्थानीय भाषामा आईना, बातै ) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने चलन रहेको उहाँले बताउनुभयो । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेको भात खाने गरिन्छ ।