सन्दिप लामिछाने आज पनि परेनन् टिममा ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सन्दिप लामिछाने आज पनि परेनन् टिममा !



बहुचर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किंगसँग दिल्ली डेयरडेविल्सले खेल्ने आजको खेलमा पनि सन्दिप लामिछानेले मौका पाएनन् । मैदान प्रवेश सँगै सार्वजनिक गरेको खेलाडीको लिस्टमा उनको नाम छैन ।

दिल्ली आइपिएल २०१८ मा सबै भन्दा पुछारमा छ र यो जित उसको लागि अपरिहार्य छ । आज खेल्ने खेल दिल्लीका लागि फलामको चिउरा जस्तै छ । धोनीको टिमलाई नै जित्न सकेको खण्डमा खेलाडीको मनोबल त बढ्ने नै छ अर्को तर्फ दिल्लीका फ्यानको पनि सँगसँगै मन जित्ने छ ।

महाराष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल निकै रोमाञ्चक हिने अनुमान गरिएको छ ।