देशका विभिन्न भागमा भिषण वर्षा, हावाहुरी र चट्याङ पनि पर्ने - Himal Post Himal Post
  • १३ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
Logo

देशका विभिन्न भागमा भिषण वर्षा, हावाहुरी र चट्याङ पनि पर्ने



कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनी वायुको प्रभाव रहेकाले देशका केही स्थानमा हावाहुरी सहित भीषण वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

यति वेला कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

आज राति लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।