फिदिम बजारमा भीषण आगलागी

पाँचथर : पाँचथरको फिदिम बजारमा भिषण आगलागी भएको छ । हुँदा दुई घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।
आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ।
आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।

