फार्ममा भीषण आगलागी - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

फार्ममा भीषण आगलागी



सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित पञ्चुकाली कुखुरा फार्ममा गए राति आगलगी हुँदा करीब रु सात लाख बराबरको क्षति भएको छ ।

राति करीब १० बजेतिर भएको आगलागीबाट फार्म तथा फार्ममा रहेका कुखुरा, चल्ला र अन्य सामान जलेर नष्ट भएको फार्मका सञ्चालक डेनोक मोक्तानले जानकारी दिए ।

आगलागी कसरी भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर