नगर प्रवक्ताको गाडीमा आगजनी - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

नगर प्रवक्ताको गाडीमा आगजनी



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ताको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष जगतबहादुर सिंहको निजि गाडीमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउँदका अनुसार नगर प्रवक्ताको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी गरिएको छ । ‘शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको डेरा नजिकै पार्किङ गरिएको कारमा आगजनी भएको छ,’उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’