अज्ञात समुहद्बारा मंगलसेन नगरपालिकाको गाडीमा आगजनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अज्ञात समुहद्बारा मंगलसेन नगरपालिकाको गाडीमा आगजनी



अछाम । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् ।

नगरपालिकाको बा १ ज ३६९४ नम्बरको जिपमा राती करिब २ बजे तिर आगजनि गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

नगरपालिकाका प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार गाडीमा आगलागी नभई आगजनी नै गरिएको हो । नगरपालिका कार्यालय परिसरमै राखिएको गाडीमा राती अचानक आगजनी गरिएको बताए ।

रातिको समयमा आगजनी गरिएकाले कस्ले किन आगो लगायो भन्ने कुरा अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ । आगलागीबाट गाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ । फाइल तस्बिर