अज्ञात समूहद्धारा नगर प्रमुखको कार्यकक्षमा आगजनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अज्ञात समूहद्धारा नगर प्रमुखको कार्यकक्षमा आगजनी



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा गएराति आगजनी भएको छ। अज्ञात समूहको आगजनीबाट नगरप्रमुख बस्ने कुर्सी लगायत कार्यकक्षमा रहेका फर्निचरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

मेयरको कार्यकक्षको झ्यालको सिसा फुटाइएको र झ्याल नजिकै एक हतौडा र पेट्रोल भरिएका २ वटा बोत्तल भेटिएपनि विद्युत ‘पावर कन्ट्रोल’ बाट आगो निस्केर आगलागी हुन सक्ने इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले बताए । उनले घटनाका बारेमा अनुसन्धान भैरहेको बताए।