आफ्नै वडामा केशव स्थापितको विजोग - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आफ्नै वडामा केशव स्थापितको विजोग



काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् ।

५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।

मतगणना जारी काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आयो ।