आफ्नै प्रेमीको हत्या गरी मासु पकाएर पाकिस्तानीलाई खुवाएको खुलासा  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आफ्नै प्रेमीको हत्या गरी मासु पकाएर पाकिस्तानीलाई खुवाएको खुलासा 



एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ । तर घटना यथार्थ हो । यो घटना हो मोरक्कको । त्यहाँकी एक महिलाले आफ्नै प्रेमीको हत्या गरी पकाएर पाकिस्तानी कामदारलाई मासु खुवाएको रहस्य खुलासा भएको छ ।

ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि नै हत्या गरेकी हुन् । तर घटनाका बारे भर्खरै रहस्य खुलेको हो । बीबीसीले जनाएअनुसार उनको घरमा रहेको मिक्सरमा मान्छेको दाँत भेटिएपछि घटनाको रहस्य खुलेको हो ।

ती महिलाले प्रहरीसामु आफूले ‘पागलपनको अवस्था’ मा प्रेमीको हत्या गरेको बताएकी छिन् । ३० वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

हत्या गरिएका युवकसँग ती महिलाको ७ वर्षदेखि सम्बन्ध रहेको यूएईको पत्रिका द नेसनलले जनाएको छ । युवकले अर्कै युवतीसँग विवाह गर्ने योजना सुनाएपछि आफूले हत्या गरेको ती युवतीले प्रहरीसामु बयान दिएकी छिन् ।फाइल तस्वीर :