आफ्नै पार्टीका नेतामाथि खनिए ओली- 'दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?' - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

आफ्नै पार्टीका नेतामाथि खनिए ओली- ‘दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’



धरान- नेकपा एमालेका अध्यक्ष केपी ओली एमालेका बागी उम्मेदवारमाथि खनिएका छन् । उनले सुनसरी १ का बागी उम्मेदवार मनोज मेन्याङबोलाई भ्रममा नपर्न आग्रह गरे । शुक्रबार धरानमा एमालेको चुनावीसभालाई सम्बोधन पुगेका ओलीले मेन्याङबोप्रति आक्रोश हुँदै भने, ‘यही हो दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने भनेको ।’

उनले पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न पनि उनलाई आग्रह गरे । ओलीले भने, ‘पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट दिँदैन । एमालेका मतदाताले मत दिन्छ भनेर आश नगरे हुन्छ ।’

उनले दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्रस्वरुप स्वतन्त्र अभियान चलाइएको आरोप लगाए । ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नुहोला’ ओलीले भने, ‘नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’

मेन्याङबोप्रति आक्रामक बनेका ओलीले जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईको भने प्रसंशा गरे । उनले सुनसरी–१ मा राईलाई विजयी बनाएर पठाए मन्त्री बनाउन सक्ने आश्वासन समेत दिए ।