आफ्नै बाबुले चलाएको गाडीले किच्दा ३ वर्षीया बालिकाको मृत्यु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आफ्नै बाबुले चलाएको गाडीले किच्दा ३ वर्षीया बालिकाको मृत्यु



ललितपुरमा एक तीन वर्षीया बालिकाको आफ्नै बाबुले चलाएको गाडीले किच्दा मृत्यु भएको छ।

शनिबार दिउँसो ललितपुर महानगरपालिका २८, हरिसिद्धी पेट्रेलपम्प नजिकै बाबुले चलाएको ट्यांकरको झ्यालबाट खसेकी ती बालिकाको सोही ट्यांकरले किच्दा मृत्यु भएको हो।

ना१क ८३२५ नम्बरको पानी ट्यांकरको झ्यालको लक खुली बाटोमा खसेकी ती बालिकाको घटना स्थलमै मृत्यु भएको हो। सो ट्यांकर बालिकाका बाबु सिन्धुपाल्चोक घर भइ हाल ललितपुर मंगलबजार बस्दै आएका दावा छिरिङ लामाले चलाएका थिए।

मृतक बालिकाको शव अहिले पाटन अस्पतालमा राखिएको छ भने चालक लामालाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाएको प्रहरी जनाएकाे छ।