आफ्नै ठाउँमा राजधानीको माग राख्दै प्रदेश ७ का विभिन्न ठाउँमा आन्दोलन चर्कियो - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

आफ्नै ठाउँमा राजधानीको माग राख्दै प्रदेश ७ का विभिन्न ठाउँमा आन्दोलन चर्कियो



कैलाली ।। सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरेसँगै विभिन्न प्रदेशका सम्भावित राजधानीस्थल आन्दोलित हुँदै आएका छन् । राजधानी नतोकेको अवस्थामा धनगढी अस्थायी मुकाम भएको हल्ला चलेसँगै आन्दोलन चर्किएको हो ।

साविकको क्षेत्रीय सदुमुकाम दिपायलको आन्दोलन भने उग्र वन्दै गएको छ । यता अत्तरीयालाई राजधानी बनाउनुपर्ने भन्दै संघर्ष समिति बनाएर लागेकाहरु भने अहिले मौन वसेका छन । उनीहरुले यस अघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएर अत्तरीया राजधानी हुनुपर्ने माग गरिसकेका छन ।
डोटीका वासिन्दाको आन्दोलन उग्र रुप लिँदै गएको छ । राजधानी दिपायल तोकिनुपर्ने माग गर्दै डोटीका बासिन्दाले त्यहाँका सरकारी कार्यालयमा तालाबन्दी गर्नुका साथै अनिश्चीतकालिन यातायात बन्द गरेका छन । उनिहरुले हिजो एक मोटरसाइकलमा समेत आगजनी गरेका थिए ।
त्यस्तै दिपायलस्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयमा पनि ढुंगामुढा गरेका छन । ढुंगामुढाका कारण कार्यालयका झ्यालका सिसा फुटेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
आन्दोलनकारीले सरकारी कार्यालयमा तालाबन्दी गर्दा काम काज ठप्प भएको छ । आज पनि बिहानैदेखि सडकमा टायर बालेर बिरोध प्रदर्शन भईरहेको छ ।
यातायात बन्दका कारण दजनौं सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्रमा परेका छन । सरकारले अस्थाई राजधानीको निर्णय भने गरिसकेको छैन । तर अस्थाई राजधानी धनगढीमा प्रस्ताव गरिएको भन्दै डोटीमा आन्दोलन चर्कीएको हो ।
राजधानीका बिषयमा यहाँका राजनीतिक दलका नेताहरु पनि विभाजित छन । एउटै पार्टीका नेताहरु पनि राजधानीका बिषयमा आ आफ्नै अडानमा छन ।