आफैले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आफैले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै



काठमाडौँ । सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ।

विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो।

सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो।

थपिएका ११ बिदाहरु :
उभौली, उधौली, इदुल फित्र, बकरइद, मोहम्मद जयन्ती, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, माघी, जनैपूर्णिमा