नेपाल फर्किन चाहने नेपालीलाई पठाउन उत्तर प्रदेश सरकारको निर्देशन - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

नेपाल फर्किन चाहने नेपालीलाई पठाउन उत्तर प्रदेश सरकारको निर्देशन



काठमाडौं: कोरोनाका कारण भारतमा रोकिएका नेपालीहरूलाई नेपाल-भारत सीमासम्म पुर्‍याउने व्यवस्था मिलाउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् ।

उनले घर फर्किन चाहने नेपालीलाई नेपाल-भारत सीमासम्म पुर्‍याउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

रोजगारी तथा अन्य कामका सिलसिलामा उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन चाहे उनीहरुको व्यवस्था मिलाउन अधिकारीहरुलाई निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले ट्वीटरमार्फत जानकारी दिएको छ।

त्यसैगरी योगीले लकडाउनका कारण उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।

उत्तर प्रदेश कैलालीदेखि नेपालका थुप्रै जिल्ला जोडिएको राज्य हो। यहाँ धेरै नेपाली रोजगार तथा अन्य सिलसिलामा बसोबास गर्छन्।

दिल्ली तथा अन्य ठाउँबाट घर फर्किरहेकाहरु यहीँ राज्य भएर नेपाल आउन खोजिरहेका छन्। तर, नेपालतिर भने आउन दिइएको छैन।