भीम आचार्यले असोज २२ मा विश्वासको मत लिने - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

भीम आचार्यले असोज २२ मा विश्वासको मत लिने



काठमाडौं- नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् ।

बुधबार मन्त्रिपरिषद् विस्तार गरेका आर्चायले असोज २२ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने योजनामा रहेका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गरेका छन् ।

त्यस्तै, आर्चायले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरेका छन् ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण समेत गराएका छन् । यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।