‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानी - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानी



चलचित्र ‘ए मेरो हजुर ३’ का लागि नायक नायिका फाईनल गरिएको छ । झरना थापाले निर्देशन गर्ने यो सिनेमामा युवास्टार अनमोल केसीलाई अनुबन्धित गरिएको छ । यसै चलचित्रबाट झरनाले आफ्नी छोरी सुहानी थापालाई पनि फिल्म इन्डष्ट्रीमा लन्च गर्दैछिन् । सुहानी यतिबेला अमेरिकामा अध्ययन गरिरहेकी छिन् । अब हेर्न बाँकी छ अनमोल र सुहानीको जोडी कस्तो देखिने हो ।

सिनेमाको स्टोरी निकै राम्रो भएकाले पनि पुत्री सुहानीलाई होम प्रोडक्सनबाट नै लन्च गर्न लागिएको झरनाले बताएकी छिन् । झरना र उनका पति निर्माता सुनिल कुमार थापा ‘ए मेरो हजुर ३’ लाई लिएर निकै उत्साहित देखिएका छन् । भदौबाट सिनेमाले फ्लोर ज्वाईन गर्नेछ । सिनेमालाई नयाँ बर्षमा रिलिज गरिने लक्ष्य राखिएको छ ।निकै मोटो रकम अफर गरेर अनमोललाई सिनेमामा अनुबन्धित गरिएको बुझ्नमा आएको छ । सिनेमाको कथा युवा ज्योतिष हरिहर अधिकारीले लेखेका हुन् ।