अ म्युजिकल भ्लग’ को छायांकन प्रारम्भ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अ म्युजिकल भ्लग’ को छायांकन प्रारम्भ



फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को छायांकन प्रारम्भ भएको छ । राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो । फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल , निर्देशक सम्राट शाक्य , कलाकारहरु सलिनमान बनिया र सलोन बस्नेत , सिनेम्याटोग्राफर संजय लामाले पुजागर्दै त्यसपछि फिल्ममा समावेश हुने दृश्यको छायांकन भएको थियो । फिल्ममा निर्माताको रुपमा सुशील पोखरेल पनि जोडिएका छन् ।

गणेस्थान वरपर र गहनापोखरी वरपर फिल्मको छायांकन गरिएको छ । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै नोटिस भएका सलिनमान बनिया यस फिल्मका मुख्यकलाकार हुन् । फिल्ममा उनिसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगातशर्मा लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्ममार्फत सम्राट शाक्य निर्देशनमा डेब्यु गर्दैछन । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।