‘ए मेरो हजुर ४’ले पहिलो सातामै कमायो ४ करोड १० लाख - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

‘ए मेरो हजुर ४’ले पहिलो सातामै कमायो ४ करोड १० लाख



काठमाडौं–‘ए मेरो हजुर ४’ले पहिलो साता ४ करोड १० लाख रुपैयाँको कमाइ गरेको छ। झरना थापाको निर्देशनमा बनेको यो फिल्मले कोरोना महामारी पछि नेपालमा सबैभन्दा राम्रो ब्यापार गर्न सफल भएको छ ।

फिल्मको निर्माण पक्षले पहिलो साताको कमाइ ४ करोड १० लाख भएको जानकारी सार्वजनिक गरेको हो।

थापाको निर्देशनमा बनेको फिल्म गत साता बिहीबारदेखि प्रदर्शनमा आएको थियो। दक्षिण भारतीय फिल्म ‘केजीएफ २’सँगै सिनेमा हलमा लागेको फिल्मलाई नेपालका हलहरुमा तुलनात्मक रुपमा कम शो दिइएको थियो।

अनमोल केसी, सलोन बस्नेत र सुहाना थापाको मुख्य अभिनय रहेको यो फिल्म झरना थापाले निर्देशन गरिरहेको पछिल्लो श्रृङ्खलाकै निरन्तरता हो।

फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा निर्देशक थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन्।