कोरोना संक्रमित परिवारका सदस्यको नमुना संकलन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कोरोना संक्रमित परिवारका सदस्यको नमुना संकलन



कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्य सहित १३ जनाको नमूना संकलन गरिएको छ । संक्रमितका १० जना परिवारका सदस्य, दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाईनमा रहेका सहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ।

यसअघि परिवाका सदस्यमा कोरोनाको कुनै पनि किसिमको लक्षण नदेखिएको भन्दै नमूना संकलन गरिएको थिएन। आज नमूना संकलनपछि भने संक्रमितका परिवारलाई घरमै क्वारेन्टाईनमा बस्न पठाईएको सेति प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए ।

परीक्षणका लागि भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउने तयारी भईरहेको जोशिले जानकारी दिए । धनगढीमा स्थापना हुने भनिएको प्रयोगशाला तयार हुनको लागि केही समय लाग्ने हुँदा थ्रोट स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने तयारी भईरहेको उनले बताए ।

सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाव पठाईएकोमा २० जनाको रिर्पोट आएको छ । जस्मा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ छ भने ६ जनाको रिपोर्ट आउन बाकी रहेको अस्पतालले जनाएको छ ।