जगन्नाथ गाउँपालिकामा बम विस्फोट - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

जगन्नाथ गाउँपालिकामा बम विस्फोट



बाजुरा- बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेटमा बम विस्फोट भएको छ।

अज्ञात समूहद्वारा कार्यालय परिसरको ढोका नजिकै बम विस्फोट भएको गाउँपालिकाले जनाएको छ।

प्रहरी चौकी र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट भएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन्।

अज्ञात समूहले सोमबार बिहान कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट गराएको प्रहरी प्रमुखले बताए।

बम विस्फोट ‘विप्लव’ समूहले गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।