उषा खड्गीको डिभोर्स: पतिले आफूमाथि हिंसा गरेको आरोप

काठमाडौं- पूर्व मिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गर्ने भएकी छन् ।
यसअघि पनि उनको पटक पटक सम्बन्ध विच्छेद गर्ने हल्ला चलिरहेको थियो ।
खड्गीले विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।
एक टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो घोषणा गरेकी छन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो ।
उनले कार्यक्रममा भक्कानिदै भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे भनेकी छन् ।
यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो । यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए । तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन् ।
उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको बताएकी छन् ।

