हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधि - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधि



काठमाडौं- कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् ।

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् ।

धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरेका छन् ।