अनेरास्ववियूका नेता राईलाई डेढ लाख जरिवाना, आठ वर्ष जेल - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अनेरास्ववियूका नेता राईलाई डेढ लाख जरिवाना, आठ वर्ष जेल



काठमाडौँ– अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद सजाय सुनाइएको छ

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य राईलाई साढे आठ वर्ष कैद सजाय सुनाएको हो।

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर राईलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति समेत तिनुपर्ने गरी सजाय सुनाइएको हो ।

जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद र पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला गरेको हो ।

गत कार्तिकमा राईले जबर्जस्तीकरणी गरेको भन्दै पीडित युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्।

जाहेरी परेपछि प्रहरीले प्रमाण संकलन र पीडित महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । त्यसलगत्तै पक्राउ परेका राईलाई अनेरास्ववियूले केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो।