नेपालमा कोरोना परीक्षणमै आशंका - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नेपालमा कोरोना परीक्षणमै आशंका



काठमाडौं- कोरोना (कोभिड-१९) विश्वका एक सय २५ देशमा फैलिएको छ।

बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन्।

तर, नेपालमा अहिलेसम्म कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी, कृष्ण रिजाल र अजित अधिकारीले लेखेका छन्।

धेरैको प्रश्न छ-कतै नेपालको परीक्षणमै समस्या त छैन?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएको ढुक्क छन्।

श्रेष्ठले भने, ‘कारोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु। किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ। उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन।’

पुनः परीक्षणका लागि हङकङ पठाउँदा पनि रिपोर्ट नेपालकै जस्तो आएको भन्दै उनले ल्याबमा शंका गर्नु आवश्यक नहरेकोमा जोड दिए।