श्रीमतीको नाम जोडिएको घुषकाण्डमा बोले योगेश भट्टराई - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

श्रीमतीको नाम जोडिएको घुषकाण्डमा बोले योगेश भट्टराई



काठमाडौं- श्रीमती बिन्दा घिमिरेको नाम जोडेर केहि मिडियाले गरेको प्रचारबारे पर्यटनमन्त्री योगेश भट्टराईले मुख खोलेका छन् ।

भट्टराई पत्नी घिमिरेले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख घुस माग गरेको खबर सार्वजनिक भएपछि फेसबुकमा स्टाटस लेख्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ,’ मन्त्री भट्टराईले भनेका छन्, ‘षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’

पर्यटनमन्त्री भट्टराईकी पत्नी विन्दा घिमिरेलाई घुस दिनुपर्ने भन्दै नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भनि फेसबुक म्यासेन्जरमार्फत् गरिएको च्याट स्क्रिनशर्ट बाहिरिएपछि बहस चर्किएको छ ।