निर्दयी बाबु जसले आफ्नै छोराको हत्या गरे
कञ्चनपुर- कञ्चनपुरमा एक निर्दयी बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा आफ्नै बाबुले छोराको हत्या गरेका हुन् ।
उल्टाखाम बस्ने डम्बर चन्दले १४ वर्षीय आफ्नै छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुसार बुधबार साँझतिर घरमै चन्दले आफ्ना छोरालाई छुरा प्रहार गरेर घाइते बनाएको थिए ।
उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा सुवर्णको मृत्यु भएको बताइएको छ ।
मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ भने छोरालाई छुरा प्रहार गर्ने डम्बर चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

