विप्लव नेकपा प्रतिबन्धको एक बर्ष, बिरोधमा मसाल जुलुस प्रदर्शन
कैलाली
सरकारले प्रतिवन्ध लगाएको १ वर्ष पुगेकै दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) विप्लवले मसाल जुलुस प्रदर्शन गरेकाे छ ।
पुर्व पश्चिम् राजमार्ग अन्तरगत कैलाली बर्दगोरिया गाउँपालिका -४ निमुवाभोझिमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको हो ।
सरकारले लगाएको प्रतिबन्धले नेता कार्यकर्ता फिल्टर गर्न सहयोग पुराएको भन्दै सो पार्टीका नेता संघषले एकीकृत जनक्रान्तिको दिशामा जान सहयोग पुर्याउने बताएका छन् ।
मसाल जुलुसका सहभागीले वर्तमान सरकार विरोधी नारा लगाउदै प्रतिबन्ध फुकुवा, आस्थाका बन्दी रिहाई गर, राष्ट्र घाति एमसिसि खारेजी गर, एकीकृत जनक्रान्ति जारि छ, जस्ता नारा लगाएका थिए ।
विप्लव समुहले बुधबार बिहान पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोट समेत गराएको थियो