ईश्वर पोखरेलले दिए गगन थापालाई धन्यवाद - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ईश्वर पोखरेलले दिए गगन थापालाई धन्यवाद



काठमाडौं- उपप्रधानमन्त्री तथा नेकपाका स्थायी सकिती सदस्य इश्वर पोखरेलले कांग्रेसका सांसद गगन थापालाई धन्यवाद दिएका छन् । उनले कोरोना रोकथामका सवालमा थापाले राम्रो सुझाव दिएको भन्दै धन्यवाद दिएका हुन् ।

बुधबार कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा भावी रणनीति तय गर्न सर्वदलीय बैठकको आयोजना गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारका मन्त्रीहरु, विभिन्न दलका मुख्य नेताहरुले कोरोना भाइरस रोकथामबारे छलफल गरेका थिए ।

सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका गगन थापा, बालकृष्ण खाँड, राजपाका राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, समाजावादी पार्टीका राजेन्द्र श्रेष्ठ, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा लगायत बैठकमा सहभागी थिए ।

बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेलले दलहरुलाई समितिले गरेको कामहरुको बारेमा जानकारी गराएको बताए । उनले समितिले गरेका कामहरुलाई दलका नेताहरुले धन्यवाद दिदै महत्वपूर्ण सुझाव दिएको बताए ।

छलफलमा मन्त्री पोखरेलले कांग्रेसका सांसद गगन थापालाई राम्रो सुझाव दिएको भन्दै धन्यवाद समेत दिएका थिए । बैठकबाट बाहिरिने बेला दुवैजनाको जम्काभेटमा क्रममा उनले थापाको सुझाव मन परेको बताएका थिए ।

राजनीतिक दलहरुले कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिने कुरामा मुख्य जोड दिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । उनले कोरोना संक्रमित देशबाट आउने नेपाली आफ्नै घरमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।

ईश्वर पोखरेलको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट गगन थापा, बालकृष्ण खाँड लगायतका सांसदहरु सहभागी थिए । बैठकपछि प्रतिक्रिया दिदैं काँग्रेसका सांसद गगन थापाले सरकारले एकिकृत कार्ययोजना बनाउने तर बहुकेन्द्रहरु भएको भन्दै त्यसलाई सच्याउन सुझाव दिएको बताए ।

उनले सूचना जानकारी पनि त्यही केन्द्रबाट आउनुपर्ने बताउदै विद्यालयमा के गर्ने, विमानस्थलमा के गर्ने भन्नेबारेमा मन्त्रालय–मन्त्रालयगत निर्णय गर्ने हो भने कार्यदलको औचित्य नभएको उनले बताए । कोरोना भाइरसका विरुद्ध भएका कामबारे स्वास्थ्य मन्त्रालय र सरकारका प्रवक्ताबाट मात्र जानकारी दिने सरकारले बताएको छ ।

उनले रोग नलागेको प्रमाणपत्र लिएको आधारमा मात्र विदेशीलाई नेपाल प्रवेस गर्न दिन नहुने बताउदै कम्तिमा १४ दिनमा क्वारेन्टाइनमा राख्न माग गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डका आधारमा आफै क्वारेन्टाइनमा बस्ने कामबाट पनि गर्न सकिने उलने बताए ।

यस्तै अनुगमनको संयन्त्र बलियो बनाउन, विदेशबाट आएका मान्छे कहाँ बस्छन् त्यसको जानकारी सरकारले राख्नुपर्ने उल्लेख गरे ।

यस्तै अस्पतालमा तयारी कमजोर भएको बताउदै त्यसमा सुधार गर्न सुझाव दिएको बताए । उनले भने–‘भाइरसका कारण मृत्ुदर कम भएको सरकारको तर्क छ । तर थोरै विरामी मात्र मर्ने भएपनि विरामी भएका सबैले उपचार खोज्ने हुदा अस्पतालमा ठाउँ नपुग्न सक्छ ।