रिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक : न्यौपाने - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

रिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक : न्यौपाने



पाल्पा, माघ २७ 

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य गिरीधारीलाल न्यौपानेले परिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले आगामी जेठ भित्रमा चुनाव हुने भन्दै हिमाल, पहाड र तराईलाई मिलाएर मात्र चुनाव गनुपर्नेमा जोड दिनुभयो ।नेकपा (माओवादी केन्द्र) रिब्दीकोट गाउँपालिका कमिटीको प्रथम सम्मेलनको बुधबार उद्घाटन गर्दै नेता न्यौपानेले मधेसमा बस्ने नेपालीलाई हेपेर नेपाल अखण्ड नरहने उल्लेख गर्दै कुरा मात्र ठूलो गरेर राष्ट्रवादी नभइने बताउनुभयो ।

उहाँले सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र माओवादीकै एजेन्डा हो भन्दै यसले जनताको अधिकार स्थापित गर्ने बताउनुभयो ।

यस्तै, (माओवादी केन्द्र)का पाल्पा इन्चार्ज तथा पोलिटब्यूरो सदस्य वसन्त शर्मा ‘कुशल’ले सङ्घीयताले जनताले मागेको सेवासुविधा गाउँबाटै पाउने अवसर हुने भएकाले परिवर्तनका विरोधी सङ्घीयताबाट डराएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताले गाउँमै जनताले सबैखाले सेवासुविधा पाउँछन्, यसैले गर्दा परिवर्तन विरोधीहरु सङ्घीयतालाई भ्रमित गर्न खोजिरहेका छन् ।”

उहाँले सङ्घीय नेपाल भएपनि सातवटै प्रदेशभित्र आवतजावत र आर्थिक कारोबार स्वतन्त्र रुपमा गर्न सकिने बताउनुभयो । उहाँले अहिले राजावादी र दक्षिणपन्थीले सङ्घीयताको विरोध गरिरहेको भन्दै सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको विरोध गर्नेहरु जनतालाई अधिकार दिन नचाहने तत्व भएको जिकिर गर्नुभयो । रासस