नेपालगञ्ज तनावग्रस्त: हजारौँ यात्रु रोकिए - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नेपालगञ्ज तनावग्रस्त: हजारौँ यात्रु रोकिए



नेपालगञ्ज– नेपालगञ्ज–कोहलपुर सडकखण्ड तनावग्रस्त बनेको छ।

टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड तनावग्रस्त बनेको हो।

रा १ ख २१८८ नम्बरको टिपरले ठक्कर दिँदा साइकलमा सवार ४५ वर्षीय रामपति थारुको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

घटना लगत्तै स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। हजारौँ यात्रुहरू रोकिएका छन् ।

नेपालगञ्ज भित्रिने र बाहिरिने सवारीसाधन बीच बाटाेमा राेकिएका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

टिप्परले बिहान करिब ११ बजे थारुलाई ठक्कर दिएको थियो।