कोरोना संक्रमणबाट उत्तर कोरियामा २ सय सेनाको मृत्‍यु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोना संक्रमणबाट उत्तर कोरियामा २ सय सेनाको मृत्‍यु



एजेन्सी- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट उत्तर कोरियामा करीब २ सयजना सेनाको मृत्‍यु भएको छ।

उत्तर कोरियामा रहेका विभिन्‍न शाखाहरुमा कार्यरत सेनाहरुलाई नोबल कोरोना भाइरसको लक्षण देखा परेको र सोही असरले मृत्‍यु भएको त्यहाँको डेली एनकेले समाचार प्रकाशित गरेको छ।

एनकेका अनुसार मार्च ६ मा सेनाको मेडिकल रिपोर्टमा उल्लेख गरिए अनुसार कोरोनाको कारण १ सय ८० सेना जनवरीमा मृत्‍यु भएको र फेब्रुअरीमा झण्डै ३ हजार ७ सय सेना अहिले क्वारेन्टाइनमा बसिरहेका छन्।

रिपोर्टका अनुसार कोरोनाका कारण मर्ने ती सैनिकहरु अधिकांश सैनिकहरु सिनो- उत्तरकोरियास्थित प्योङयाङको सीमा क्षेत्र, चागाङ, र्‍याङगाङ र उत्तर हामग्योङ प्रान्तमा कार्यरत थिए।

यसका साथै रिपोर्टमा उच्च ज्वरो र निमोनियाका कारण मृत्यु भएपछि नेतृत्व तहले सबैको तथ्याङ्क संकलन गर्न आदेश दिएको छ। यस्तै क्वारेन्टाइनमा राखिएका सैनिकहरुको तथ्याङ्क समेत संकलन गर्न आदेश दिएको छ।

यसले उत्तर कोरियाको सैनिक प्रतिष्ठानमा आतंक मच्चाएको छ भने कोरोनाबाट बच्‍न सक्‍ने सबै उपाय अपनाउन सैनिक नेतृत्वले अनुरोध गरेको छ।