अब मात्र ५ रुपैयाँमा काठमाडौंमा मास्क पाइने
काठमाडौं । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्।
नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्।
चेम्बरद्वारा गठित कोरोना भाइरसको जोखिम न्यूनीकरण समितिका संयोजक समेत रहेका मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्दै छन् ।
मास्क उत्पादन गर्ने मेसिन अबको २–३ दिनभित्रै नेपाल आइपुग्ने मल्होत्रा बताए ।
प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताए ।
कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क मूल्य आकाशीयको छ ।