कोमल वलीले भनिन: नेपालका नारी पुरुषभन्दा धेरै अगाडी छन् - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कोमल वलीले भनिन: नेपालका नारी पुरुषभन्दा धेरै अगाडी छन्



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभुत गर्नुपर्ने बताएकी छिन् ।

आइतवार राजधानीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघले पनि महिला अधिकारलाई अनुभुत गर्नसक्ने पुस्ता भनेर नारा दिएको भन्दै उनले नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा पनि यही कुरा लागु भएको बताइन् ।

उनले महिलालाई अधिकार दिईए कहीँ कतैपनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको पनि बताईन् । उनले भनिन्,‘नेपालको हकमा त यो कुरा प्रमाणित भैसकेको छ । त्रिुभवन विश्वविद्यालयका हरेक संकायमा बहुसंख्यक महिलाले टप गरिरहेका छन् । वर्षेनि दशौं हजार दिक्षित भएका छन् । तर, अवसर लिने ठाउँमा उनीहरु त्यति देखिँदैनन् ।’

उनले समानताको हक र अधिकारमात्रै नभएर अवसर पनि प्राप्त गर्न महिला अग्रसर हुनुपर्ने पनि बताईन् ।

कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने पनि उनको भनाई छ । उनले भनिन्,‘हामीले आफूलाई पुरुषसँग दाज्नुहुँदैन् । यो पुरुष पछार्ने कुरा पनि होइन । हामीले आफूले आफैंलाई जित्नुपर्छ । नारीसँग त कसैको तुलना नै हुँदैन् । नारी यो धर्तीको सुन्दर सृष्टिकर्ता हो । जो अरुले गर्न सक्दैन् । नारी तुलनात्मक रुपमा पनि शक्तिशाली हो ।’

उनले अवसर पाउने महिलाहरुले अरुको लागि काम गर्नुपर्ने बताउँदै आफ्नो भूमिकाको बारेमा पनि समिक्षा गर्नुपर्ने बताईन् । उनले भनिन्,‘त्यो अहम भूमिका हो । हामी जो जसले भूमिका र अवसर पाएका छौं । सबैले ईमानदारीपूवर्क काम गर्नुपर्छ ।

महिलाहरुको लागि महत्वपूर्ण अवसर सिर्जना गर्नुपर्छ । उनीहरुको लागि प्लेटफर्म बनाउनुपर्छ ।’
उनले केन्द्रदेखि स्थानीय तहसम्म र विभिन्न सामाजिक संघ तथा संस्थाहरुमापनि महिलाहरुको प्रतिनिधित्व र सहभागिता गराउनुपर्नेमा जोड दिईन। ‘महिलालाई अधिकार दिनुपर्छ । वर्तमान सरकार यो कुरामा गम्भिर छ ।’–उनले भनिन् ।

त्यस्तै प्रायः अवसर लिने कुरामा काठमाडौं केन्द्रित महिलाहरुलाई मात्रै नभएर काठमाडौं बाहिरकालाई पनि अवसर दिनुपर्ने उनको भनाई छ । उनले भनिन्,‘काठमाडौंबाहिर बस्ने महिलाहरु उहाँहरु पनि विद्धान हुनुहुन्छ । प्राज्ञिक काममा लाग्नुभएको छ । उहाँहरुलाई अवसर दिनुपर्छ । काठमाडौंकेन्द्रितलाई अधिकार र अवसर दिने प्रथाको अन्त्य गर्नुपर्छ ।’

उनले नेपालको संघीय संसदको संरचना र महिला सहभागिताको विषय उल्लेख गर्दै दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८औं स्थानमा रहेको दाबी गरिन् । नेपालको सामाजिक, सांस्कृतिक परम्परापनि नारीलाई सम्मान गर्ने खालको भएको सुनाउँदै आफ्नो पार्टीमा महिला सांसद तथा नेतृहरुलाई अत्यन्तै आदर गर्ने गरिएको दृष्टान्त पनि सांसद वलीले सुनाईन् ।

संसदमा पनि महिला सांसदहरुले आफ्नो कुरा स्पष्टसँग राख्ने गरेको सुनाउँदै त्यो महिला सांसदहरुले डिजर्भ गर्ने कुरा भएको उनको भनाई छ । उनले भनिन्,‘पुष्पा भुसालले संसदमा टु दि पोईन्ट आफ्नो कुरा राख्नुहुन्छ । मलाई लाग्छ, उहाँले बोल्नको लागि समय माग्नुपर्छजस्तो मलाई लाग्दैन् । स्वतः बोल्नको लागि डिर्जभ गर्नुहुन्छ ।’